Thursday, December 29, 2011

सामिप्यतi

सर्‍याक सुरुक कसैले मेरो टाउकोमा आउँला चलाउदै केही थुत्दै फेरि पनि ती औंला मेरो टाउकोमा यन्त्रवत रुपमा केही छमे जस्तै केही निकालेको जस्तै , म झल्यास्स बिउझन्छु त मेरो टाउकोमा राती मेरि मुमा( हजुरआमा) ले जुम्रा छम्दै निकाले जस्तै गर्दै हुनुहुदो रहेछ्, यो कुनै नौलो काम थिएन मुमाको लागि अनी मेरो लागि, यो त उहाँको बानी नई थियो राती मुमा सँगै सुतेको बेलामा, त्यो अध्यारोमा पनि पनि मेरो टाउको छमी नाई रहनु हुन्थियो जुम्र भेटियोस य नभेटियोस । 
घर्‍याक्क ,,,, म झसँग हुन्छु मेरो अगाडि रहेको त्यो रातीको द्रीष्य लगभग १३ बर्ष पछाडी धकेलीन्छ मात्र अगाडी रहेको मुमाको त्यो सानो फोटो र केही दिन देखि बनाउदै गरेको मेरी मुमाको माटोको आक्रीती मात्र देखा पर्छ, 

 "देबेन्द्र, हेरौ कतिको बनायौ "
"खोइ सर प्रयास गरिराछु  केही character निकाल्न बाँकी छ जस्तो लाग्छ तर कहाँ नमिलेको थाहानै पाउन सकी रहेको छैन् भन्या "
" खोइ हेरौ त "
सर फोटो र त्यस मुर्ति हेर्दै टोल्याउन थाल्नु हुन्छ, लाग्छ कतै मुमा संगै प्रत्यक्ष भेटी रहनु भएको छ त्यो पनि सजिब मुहार हेरे  झै गर्दै भन्न थाल्नु हुन्छ "खोइ त्यो टुल्स देउत " भन्दै आफ्नै ढंग वाट माटो कोट्याउन थाल्नु हुन्छ आनि भन्न थाल्नु हुन्छ ,,
" पहिला मान्छेको character भन्दा पनि टाउकोको स्वरुप लेराउ जस्मा आँखा, नाक, कान कहाँ हुन्छ अनि  मुहारमा  कति गहिराइ हुन्छ त्यो पहिल बनाउ अनि  मात्र मान्छेको character निकाल्न सजिलो हुन्छ नत्र भने character निक्लेर पनि नमिलेकोजस्तो देखिन्छ " म हेरी रहन्छु , सार् जानु भयो । मुर्ति हेर्छु मुर्ति मा केही आक्रिती भने आएको जस्तो लाग्यो , अब भने मेरि मुमाले केही पर वाट हेरी रहन्नु भएको झै लाग्यो , मलाइ ठम्म्याउन भने गाह्रो भैरहेको झै लाग्छ तर मुमानै हो भन्ने एकिन  चाइ भई सकेको छ ।     
   म पुन: आफ्नो हात मुमाको त्यो मुहारमा छामछुम  गर्न थाल्छु त्यो ठुलो निदार नाक, आँखा, त्यो नरम गाला, सधैं मायाले चुम्बन लिने ती नरम ओठ अनि  ती  रेशमी कपाल, त्यस अध्यारोमा आफ्नो हात् मुमाको छाती मा टासेर मुमा पटीनै फर्कन्छु र आङ्गालेर  फेरि सुत्छु तर मुमा भने आफ्नो हातको चोरी औंला मेरो कपालमा मुसार्दै जुम्रा निकालेझै पनि गर्दै हुनुहुन्थियो म भने स्वा स्वा गर्दै सुतीरहेको हुन्छु तर मुमाको तातो श्वासको न्यानो पन अनुभब गरि रहेको हुन्थे, त्यो अध्यारोमा न्यानो, तातो र हामिले ओढेको शिरकको समिप्यता । 
       एक  झोक्का चिसो हावा कक्षा कोठाको  ढोका वाट सिर्‍र भित्र छिर्छ मलाई र मुमाको माटोको मुर्ति लाई स्पर्स गर्दै झ्याल वाट बाहिरिन्छ, पुषको त्यो चिसो हावा ले म र मेरो मुमा बीचमा भएको न्यानो पनको  समिप्यतामा केही बाधा ल्याइदिन्छ, त्यो चिसो मा भए पनि काल्पनिक न्यानो पनको अनुभब गर्न खोज्छु तर कठिन , ढ्याम ढोका बन्द गर्दै केही क्रीतिम न्यानो पन लिने कोसिस गर्छु अनि  आफ्ना हात हरू मुमाको त्यो माटो आक्रितीमा सल्बल्याउन थाल्छु र त्यस निर्जिब माटोमा मुमाको सजिब आक्रिती निकाल्ने प्रयास गर्दै हुन्छु अनि  त्यस चिसो र निर्जिब मुर्ती वाटनै मुमाको न्यानो समिप्यता पाउने कोसिस गरिराछु करिब १ हप्ता देखिनै, केही  मात्रमा त प्राप्त गरि सके पूर्ण रुपमा भने प्राप्त गर्न भने सकेको छैन ।  
केही दिन देखिनै म यसरिनै मुमाको त्यो सामिप्यतमा बसिरहेको छू तर एक क्रित्रीम सामिप्यता न त्यहा कुनै मायाको न्यानो पननै छ, न त मेरो टाउकोमा मुमाको त्यो नरम हातका औलानै, मात्र छ कल्पना, दिमागको कुनै एक कुनामा त्यो पनि समयको धुल्याम्य पत्रले धमिलिदै  गैरहेको छ, त्यसैले त गाह्रो भई  रहेको छ मुमाको आक्रिती माटोमा लेराउन । तर पनि केही समय देखि दिमागी कुचोलगाउदै त्यो आक्रिती प्रस्ट बनाउने कोशिसमा लागि रहेको छ् अनि  क्रित्रीम सामिप्यता प्राप्त गर्नकोलागी, केही सफलता भने प्राप्त भैरहेको छ । 
कक्षाको अध्यारो  कोठा भित्र को अग्लो टेबुल माथी रहेको त्यो माटोको मुमा आक्रितीले कैले मलाई घरको ओछ्यान भित्रको न्यानो सामिप्यतामा पुर्‍याउछ त कैले  दिउसोको घामको राप संगैको काखको सामिप्यतामा, कैले चाबहिलको मेडिकेयर होस्पिटलको बेड्मा, कैले शवबाहनको थर्काहटमा, अनि  वाग्मती किनाराको आर्यघाटमा आगोको रातो पहेलो लप्काको सामिप्यतामा । कहीले काखको न्यानो पन त कहिले मायाको न्यानो पन कहीले टाउको सुम्सुमाईको न्यनो त कहीले "देबु कति रातभरी कुरेर बस्छस त पनि ढल्की केही परे बोलाउला" जस्ता शब्दको न्यानो पन । कहीले सब बाहनको थर्काहटमा चल्मलाउनु भयोकी भन्ने आशाको न्यानो पन आखिर मा आफ्नै शरिरको ज्वालाको न्यानो पन , अन्तिम समय सम्म पनि न्यानो पनको  सामिप्यता  आभास प्राप्त गरि रहेको म अहीले पनि उहाकै आक्रितीको सामिप्त्यमानै  छू तर निर्जिव र चिसोको सामिप्यतामा  छू ता पनि स्मरणात्मकताको न्यानो पनको भने महसुस गरि रहेको हुनेछु ।  
  

2 comments: