Wednesday, November 2, 2011

रित्तो

  रित्तै रित्तोले भरिएको छ यो संसार । जहाँ हेर्यो  त्यहि  तेही रितो बस रित्तो । धन्ने येहाँ केही चिज त रित्तो छैन त्यो के हो एस्को बयान पछि गरुला तर के छा यो संसारमा सोचौ, खोइ सोच्दा यो दिमाग्नै रित्तो पो हुने होकि ।अब रित्तो केमा छ त प्रतेक घरमा धारा छन् तर धारा रित्तो, पानी थाप्न लेराको सबै भाडो रित्तो,ईनार बाट पानी तान्यो ईनारनै रितो, भान्छामा आयो ग्यासको सीलिन्डर रित्तो, खान पकाउन चामलको भाडो हेर्यो भाडो रित्तो, स्टोभमा दम दिअ खोज्यो स्टोभको मत्तितेल रित्तो, कोठामा बत्ति छ, रेडियो छ, टि.भी छ तर बिजुलीको तार रित्तो, टेलिफोन छ नेट्वोर्क रित्तो, अब बाइर जाऔ, बजारमा ब्यापार रित्तो, खोइ म त छक्क पर्छु भारी कहाँ छत जता हेर्यो तेतै रित्तो, अब गाऊ तिर हेर्यो भोक्मरीले पेट रित्तो आम्दनीको स्रोत रित्तो, आम्दानीको कमीले बिकास रित्तो, बिकासको कमीले निकास रित्तो, यहाँ रार्नितिमा नेता बरिभराउ तर सिंगो रानितिक पार्टिनै रित्तो, नेता छन तिन्का टाउकाहरु पनि छन् तर लाग्छ टाउकाभित्रको गिदी रित्तो, तेसैले लाग्छ उनिहरुले गरेका सबै कामानै रित्तो, हाम्रो देश् प्राक्रितिक सम्पदाले धनी देश् तर त्येसको उचित सम्बर्धन नहुनाले सिंगो प्रक्रितिनै रित्तो, जंगल बाहिरबाट घना तर भित्र रित्तो, जललस्रोतले धनी देश तर जल्बिध्युतले रित्तो, बिष्णुमती र बाग्मतिनदी हेर्नुस् नाममा पबित्त्रता तर काममा रित्तो, खेत बारी ठुलो तर उब्जनिमा रित्तो, उब्जनी भरिभराउ तर आमदानीमा रित्तो, खल्ती छ तर पैसा रित्तो । प्रतेक मानिस हेर्दा ह्रीस्टपुस्ट छा तर ह्रीदय रित्तो, निरोगीता रित्तो, माया ममता रित्तो। मलाइत लाग्छ कतै यो संसार रित्तै रित्तोको भाडो त होईन, तर यहाँ केही चिज भारी त छ । जनसंख्या चाइयेको भन्दा बडी छ,मुर्खता, दनवता, दुराचार, कुबिचार्, अन्याये, अत्याचार, दुराचार्,दासत, अबहेलना छुवछुत्, भेदभाब, भ्रस्टाचार, फोहोर, धुलो धुवा जस्ता कुतत्वोले मात्र भरिएको जस्तो लाग्छ । लाग्छ एक दिन योसन्सार पनि रित्तोनै रित्तोले रित्तिन्छ होला आनी यो रित्तो पनि रित्तो भयेरनै सकिन्छ होला ।

कुथुर्के



एक्दिन म गाँउको पुरानो घरमा गएको थिए । त्यहि घरको म स्कुल पढ्न बस्दा बस्ने गरेको मेरोकोठाको झ्यालबाट बाहिर नियाल्दै थिए, बाहिरको वातावरण पहिलाको भन्दा धेरै परिवर्तन भएको मेरो त्यो गाँउ रुख काटेर डाँडा पाखा उजाड देखियेको उराठ लाग्दो थियो । तर त्यस बेला बसन्त ॠतुको समय भएको कारण केही रुख र दधेलो लगाएर कालो भ्येको खर बारीको बुट्यान हरु वाट निस्किएको अलिक हरियो पनले हरियोपन देखियेको थियो । जस बात केही मात्रामा भए पनि प्राक्रितिक देखियेको थियो । पहिला त्यो झ्याल वाट बाहिर हेर्दा कटहरको ठुलो रुख त्यो नजिकै ठ्लो काप्रोको बोट अलिक माथी अर्को काप्रोको बोट त्यस्तै त्यहा वाट देखिने बाटोको छेउमा रहेको पर्खाल्जस्तो देखिने लहरै रहेको काप्राका बोटहरु देखिन्थियो तर अहिले धेरै जसो ती रुख हरु काटिएका छन् वसन्त ॠतुको समय भएकोले त्यति उजाड भने देखियेको थिएन ।
मेरो झ्याल वाट देखिने कटहरको रुखको ठुलो हाङामा दुई वटा बाँदरहरु एक आपसमा जुम्रा हेर्दै बसी रहेका थिए । म एक टक लगाएर उनी हरुको क्रीयाकलाप हेर्दै थिए । बाँदर मलिए झम्टन खिज्दै थियो सायेद डरले होला कतै यसले  गुलेलीले हान्छकी पहिलाझै भन्ठानेर होला । जब बाँदर देख्छु ती दिन हरु याद् आउछ जुन दिन म लगायेत मेरो काकाको दुई छोरा हरु र छोरि(सानिबहिनी) हरु सङ्ग बाँदर धपाउन गएको र सल्ला घारीमा बाँदर सँग सङ्गै कैयौ पटक कुदेको धेरै समय सम्म बाँदर जिस्काउदै बसिरहे त्यहि झ्यालमा एक छिन् पछि बाँदर हरु आ आफ्नो बाटो लाग्यो, म भने बाहिर तिरनै नियाल्दै बसिरहे । बाहिर बिभिन्न चरा हरुको मोठो स्वर हरु आइरहेको थियो कुनै परिचित त कुनै अपरिचित तर पहिलाको जस्तो धेरै चरा हरु त देखिदै न थियो । तर ती चरा अलिक पर काप्राको घारी वाट आएको थियो होला ।
 तर ती आवाज हरु मध्ये एउटा चराको आवाजले भने मलाई आकर्षित गर्‍यो त्यो आवाज मेरै झ्याल अगाडी भएको कटहरको रुख वाट आएको थियो । कुथुर्रर कुथुर्‍र स्वर निस्कने आवाज मिठो लाग्यो सोचे कुन चरा होला । जब देखि म कगजमा चराको चित्रहरु उतार्न थाल्यो त्यसै बेला देखी म चरा प्रति आकर्षित भएको थिए । पहिला पनि आकर्षित नभ्येको भने होईन जब मेरो बुवा घ्रमा गौथलीको गुँड भत्कियो भनेर टीनको पाटा ठोकेर उसकोलागी सजिलो बनाइ दिनु हुन्थियो, घरमा मलेवा र परेवाको लागि भनेर छुट्टै गुँड बनाइदिनु हुन्थियो घरको छानामा चरा बस्ने गरि काठहरु मलाइ दिने गर्नु हुन्थियो । त्यस्तै मेरो घरको वरपर कसैले पनि गुलेलीले चरा मार्ने अनिमती नै थिएन यदि मारेको देखेमा उनिहरुको गुलेली काटिने देखि लिएर पिटाइ सम्म खानु पर्थियो बुवाको हात वाट । धान काट्दा थोरै धान पोखिद समेत टिप्ने मेरो बुवा धानको बोटमा भएको चराको गुँड बिग्रन्छ भनेर तेस्को वरपर भएको धान समेत छोडी दिनुहुन्थियो यस्तै क्रीयकलाप वाट पनि म चरा प्रति उत्प्रेरित भएको थिए । त्यसैले होला मैले आज सम्म पनि कुनै चरा सम्म पनि मारेको छैन । त्स्ती तेस्तै कुराले गर्दा पनि म चरा प्रतिआक्रषित भएको थिए । एक दिन इमेज एफ.एम वाट शनिवार आउने पंक्षि संसार कार्येक्रमकी सन्चलिका कृष्णा ताम्राकार दिदिले  bird conservation Nepal  को बारेमा प्रसारण गर्नु भएको थियो तेसले मलाइ झनै चरा प्रति झनै आकर्षितत गरायो जस्कारण म आइले त्यसको सदस्य पनि भ्येको छु । तेसले गर्दा पनि मलाई झनै उत्सुक बनाइरहेको थियो यो चरा केहो त भनेर । भर्‍याङ वाट जाँउ  भने चरा उडी सक्ला अब कसरी जाने । मैले सोच म झ्यालाई वाटनै जान्छु ।
 मैले घरमा कोहि नभएको मौका छोपेर त्यहि झ्यालको डण्डी बङ्गाएर आफ्नो जिउ जवर्जस्ती झ्याल वाट छिराउदै झाल संगैको छाना वाट गयेर त्यो रुख मा चढे । सानै देखि रुख चढ्ने बाणी पारेकोले मलाई त्यति गाह्रो भने भएन त्यसैले छाना वाट नै बीचको हाँङ्गा समातेर रुखमा चढेर आवाज आएको ठाँउ पछ्याउन थाले । बिस्तारै सजगताको साथ रुख चढ्दै गए । रुख हल्लेमा चरा उड्ने डर, म होसियारका साथ बिअतारै रुख नहाल्लिने गरि रुख माथी गए, लगभग टुप्पो सम्म पुगे तर चरा भने देखिएन यू पनि कराउन पनि छोडेको भने होईन । म झनै उत्सुक भए काँ कराराउछ यो भन्दै आवाज प्नी अनौठो थियो पछाडि वाट मात्र आवाज सुनिएको जस्तो लाग्ने, आवाज आएको पटी फर्कियो फेरि अर्को पटी वाट आएको जस्तो लाग्ने । अर्को रुखमा पो होकि भनेर तन्की तन्की कन पनि हियर अँह देखियेन भएन ओर्लनु पर्‍यो भनेर लागेको फेरि करायो त्यहि रुख वाट तर काँहा वाट आएको पत्ता लगाउन भने गाह्रो भईरहेको थियो । केही छिन् बस्नु पर्‍यो भन्दै त्यहि रुखको हँगाको एक छेउमा बसेर रुख मास्तिर हियर चरात मेरै टाउको माथीको हँगाको टुप्पोमा बसेर पो कराइ रहेको रहेछ । मलाइ अचम्म लाग्यो यो त चिर परिचित चरापो रहेछ ( कुथुर्के ) आवाज जस्तै नाम । यो त बच्चै देखि देख्दै आएको तर नाम र आवाज भने त्यति वास्ता नगरेर होला सायेद नचिनेको जव मैले चरा देखे हरियो भुत्ला, त्यस्तै रङ्गको पखेट मोटो ठुड भएको ठुड मुनि आकाशे निलो रङ्ग भएको र टाउकोमा रातो आँहा कति राम्रो यति नजिक वाट हेर्दा यो चरा नत्र मैले चित्र बनाउदा मात्र फोटो वाट मात्रा हेरेको थिए । जव चरा देखे म त त्यो मेरो painting मा पो पुगिछु जस्को मैले painting बनाएर बेची सकेको थिए ।